बझाङमा जीप दुर्घटना, ३ जना घाइते

२०७६ जेष्ठ २९,बुधबार १५:३६

बझाङ २९ जेठ । बझाङमा से १ ज ५९९ नम्बरको जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा बुगल नगरपालिका वडा नम्बर ३ का जीप चालक लक्ष्मण धामी, कर्ण बहादुर धामी, देउलीकोटका स्वास्थ्य चौकी अहेब नरेन्द्र बोहरा रहेका छन् ।

बझाङको बुङ्गल नगरपालिका–९ बाट देउलीकोट स्वास्थ्य चौकीको सामान लगेर देउलीकोटतर्फ जाँदै गरेको उक्त जीप दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।

घाइते उनीहरुलाई थप उपचारका लागि डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*