मकवानपुरको कैलाश गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम

२०७६ जेष्ठ २९,बुधबार १५:०५

मकवानपुर २९ जेठ । मकवानपुरको कैलाश गाउँपालिका वडा नं. १० मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कैलाश गाउँपालिकाको आयोजना तथा एस.एम.एस मिडिया प्रालिको संयोजनमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

कैलाश गाउँपालिकाले सेवा प्रदायक निकाय र सेवाग्राहीहरूबीच गाउँपालिकाको कामलाई पारर्दर्र्शी र सेवाग्राहीलाई काममा सहजीकरण गर्ने उद्देश्यले भएको सार्वजनिक सुनुवाई गरिएको गाउँपालिकी उपाध्यक्ष सुकुमाया थिङले बताईन् ।

कार्यक्रममा एस.एम.एस मिडियाका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ प्रदेश ३ का महासचिव कृष्णसारु मगरले गाउँपालिकाले गरेको काम,सेवाग्राहीहरुको बुझाई र विकास निमार्णको स्थितीबारे गरेको स्थलगत सर्बेक्षणको बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमका उपस्थित स्थानीयबासीले वडा नम्बर १० सँगै समग्र गाउँपालिका कृषि क्षेत्र क्षेत्रमा र्निर्भर भएपनि कृषि क्षेत्रमा पर्याप्त बजेट नभएको गुनासो गरेका छन् ।

वडा नम्बर १० का वडा अध्यक्ष मानिकलाल लामाको सभाध्यक्ष्तामा भएको कार्यक्रममा वडाबासीहरुले स्थानीय तहमा लामो समय जनप्रतिनिधि नभएको अवस्थामा विकास पछाडि परेको जनप्रतिनिधि आएपछि गाउँपालिकाको विकासका कामले देखिएको बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*