लागूऔषध कारोबारी पक्रन प्रहरीले चलायो गोली

२०७६ जेष्ठ २९,बुधबार १३:२२

मकवानपुर २९ जेठ । पोखरा महानगरपालिका–१० को उत्तम चोकमा लागूऔषध कारोबारी नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।

‘डिके’ भनिने ३० वर्षीय गोविन्द थापालाई गोली हानी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । थापाको बायाँ खुट्टामा गोली लागेको छ ।

थापाले लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा गएको प्रहरीमाथि नै आक्रमण प्रयास गरेपछि प्रहरीले उनलाई गोली हानेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

गोली चलाएपछि केही कारोबारीहरू भागेका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*