एसइईको प्रश्नपत्र आउट गरेको आरोपमा दुई प्रहरीसहित १२ जनाविरुद्ध मुद्दा दायर

२०७६ जेष्ठ २९,बुधबार १२:४६

मकवानपुर २७ जेठ । एसइईको प्रश्नपत्र आउट गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई प्रहरीसहित १२ जनाविरुद्ध मुद्दा दायर गरको छ ।

आयोगले इलाका प्रहरी कार्यालय कल्याणपुर, सिरहाका प्रहरी जवानहरू दीपेन्द्रकुमार मण्डल र ब्रम्हा देव सुनरैतसहितका व्यक्तिविरुद्ध मुद्दा दायर गरेको हो ।

कल्याणपुरस्थित प्रहरी कार्यालयबाटै प्रश्नपत्र ‘लिक’ गरेको भन्दै उनीहरूलाई गत चैत माहिनामा प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको थियो ।

अदालतले जवानलाई थुनामा राख्ने र अन्यलाई धरौटीमा छाड्ने आदेश दिएको थियो । अख्तियारले फेरि छानबिन गरी उनीहरूमाथि मंगलबार मुद्दा दायर गरेको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*