रेडियो पर्वतमा आगलागी

२०७६ जेष्ठ २९,बुधबार १२:२१

पर्वत २९ जेठ । पर्वत जिल्लाको सामुदायिक रेडियो ‘रेडियो पर्वत’ मा गएराति विद्युत् चुहिएर आगालागी भएको छ ।

आगलागी हुँदा रेडियोको ट्रान्समिटर, सात कम्प्युटर, २ मिक्सचर हाइब्रिड टेलिभिजनलगायतका सामग्री पूर्णरूपमा नष्ट भएको रेडियोका स्टेशन म्यानेजर शङ्कर शर्माले जानकारी दिए ।

आगलागी भएसँगै बिहानदेखि रेडियोको प्रसारणसमेत बन्द भएको छ ।

उनका अनुसार, स्थानीयवासी र प्रहरीको सक्रियतामा राति नै आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट झण्डै रु ३० लाखभन्दा बढीको क्षति भए पनि यकिन विवरण भने आइनसकेको शर्माले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*