चट्याङ लागेर १३ वर्षीया बालिकाको मृत्यु, ३ जना घाइते

२०७६ जेष्ठ २९,बुधबार ११:४३

डडेल्धुरा २९ जेठ । बुधबार बिहान चट्याङ लागेर परशुराम नगरपालिका–३, मार्कुकी १३ वर्षीया संगीता भाटको मृत्यु भएको छ ।

घरमा बसिरहेका बेला चट्याङ लागेर घाइते भएकी संगीतालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ ।

चट्याङ लागेर सोही स्थानका अन्य तीनजना घाइते भएका छन् । चट्याङ लागेर सोही स्थानका ४० वर्षीय भरत विष्ट, ५० वर्षीय महादेव भट्ट र १५ वर्षीया मीना भाट घाइते भएका हुन् ।

घाइतेमध्ये भरतको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*