प्रदेश ३ – नीति योजना आयोगको १ बर्ष पुरा, प्रदेशमा आवधिक योजना कार्यान्वयन गरिने

२०७६ जेष्ठ २९,बुधबार ०८:३८

मकवानपुर २९ जेठ । ३ नम्बर प्रदेशको नीति योजना आयोगको आज १ बर्ष पुरा भएको छ । गत २०७५ जेठ २९ गते स्थापना भएको आयोगले आज १ बर्ष पुरा गरेको अवसरमा पत्रकार भेटघाट गरी १ बर्षसम्म गरेका कामहरुबारे समेत जानकारी गराएको छ ।

कार्यक्रममा बोल्दै नीति योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले प्रदेश सरकारले प्रदेशमा दीर्घकालिन आवधिक योजनालाई कार्यान्वयन गर्न र सुशासन कायम गरी जनतालाई आर्थिक समृद्धीतर्फ उन्मुख गराउने कार्यमा जिम्मेवार बनाएको बताएका छन् । उनले नीति योजना आयोगले आफ्नो काम कर्तव्य र अधिकारलाई कर्तव्य निष्ठभई आगामी ५ बर्षको लागि प्रदेशमा आवधिक योजना सञ्चालन गर्न परियोजना बैंकको स्थापना गरिएको बताए ।

उनले उक्त परियोजना बैंकलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको डेक्समा स्थापना गरी प्रदेशका १३ जिल्लामा क्रमश आवधिक एवं राष्ट्रिय गौरवका योजनाहरु कार्यान्वयन गर्दै लैजान मार्गनिर्देश गरिएको स्पष्ट पारे ।

आयोगले १ बर्षको अवधिमा प्रदेशको पहिलो आवधिक योजनाको आधारपत्र तयार तथा प्रकाशनको प्रदेश मन्त्रीपरिषद्को बैठकबाट स्वीकृत गरेको, मागमा आधारित योजना छनौट कार्यविधि तर्जूमा गरिएको, प्रदेश सरकारका नीतिहरुको संक्षिप्त विवरण तयार तथा प्रकाशन गरिएको, उपभोक्ता समिति गठन सञ्चालन र व्यवस्थापन निर्देशिका तयार पारिएको, परियोजना बैंक तयार गरिएको र योजनाको छनौटको प्राथमिकता तथा मापदण्ड मार्गदर्शन गरिएको छ ।

त्यसैगरी सो आयोगले, अध्ययन अुसन्धान तथा अन्वेषण अन्तरगत प्रदेशको वस्तुस्थिति विवरण तयार तथा प्रकाशन गरिएको , स्थानीय तहको बस्तुस्थिति विवरण तयार तथा प्रकाशन, स्थानीय तहको मावन विकास सूचकाँक तयारी प्रक्रियामा रहेको, स्थानीय तहको पूर्वाधार विकास सूचकाँक तयारी प्रक्रियामा रहेको, वार्षिक विकास कार्यक्रम पुस्तिका ( रातो किताब) २०७६÷०७७ प्रक्रियामा रहेको, दिगो विकास प्रक्रियामा रहेको, प्रथम आवधिक योजनाको तयारी प्रक्रियामा रहेको र प्रदेशको आवधिक तथा वार्षिक योजना तर्जुमा दिग्दर्शन प्रक्रियामा रहेको जानकारी दिईको थियो ।

आयोगमा हाल २२ दरबन्दी भएपनि उच्च अधिकृतसहित कर्मचारी १८ जना कार्यरत छन् । उपाध्यक्ष डाक्टर देवकोटाले उक्त आयोगका प्रशासकीय अधिकृत चिरञ्जीवि पौडेललाई (उत्कृष्ठ कार्यसम्पादन गर्ने अधिकृत) को रुपमा दोसल्ला ओढाइ प्रमाणपत्रसहित सम्मान गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*