भ्यानले स्कुटरलाई ठक्कर दिँदा पोखरामा एकको मृत्यु

२०७६ जेष्ठ २९,बुधबार ०७:४३

सवारी दुर्घटनामा मंगलबार पोखरामा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका १० ईन्द्रचोकमा बा १४ च ५८१२ नम्वरको भ्यानले ग ८ प १९१४ नंम्वरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काभ्रे जिल्लाका २० वर्षीय कृष्णप्रसाद चौलागाईको मृत्यु भएको हो ।

भ्यानको ठक्करबाट घाइते चौलागाईलाई अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।

ठक्कर दिने भ्यान र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
आजको नयाँ पत्रिकामा समाचार छ


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*