गुराँस लाइफ इन्स्योरेन्स हेटौँडाद्वारा बीमादाबी वापत मगरलार्ई १४ लाख हस्तान्तरण

२०७६ जेष्ठ २८,मंगलवार १७:३०

मकवानपुर २८ जेठ । गुराँस लाइफ इन्स्योरेन्स हेटौँडा शाखाले मृत्युदाबी भुक्तानी गरेको छ । कम्पनीले बीमीतको श्रीमती बिमला राना मगरलाई बीमादाबी वापत १४ लाख रूपैयाँ हस्तान्तरण गरेको हो ।

हेटौँडा शाखा प्रमुख एनिषा पौडेल, मनहरि गाँउपालिकाका वडा अध्यक्षश्री गोपी लामा मुक्तान तथा हेटौँडा शाखाका अण्डरराइटिङ्ग श्री राजकुमार महतले संयुक्त रुपमा सो चेक हस्तान्तरण गरेका हुन् ।

धादिङ जिल्ला धुषागा–८ स्थायी ठेगाना भएका स्वर्गीय बीमित बिशाल थापा मगर वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरवमा असामयिक निधन भएको थियो ।

कार्यक्रममा हेटौडा शाखाका अभिकर्ता, एजेन्सी मेनेजरहरु, बैंकर्सहरु, स्थानियको लगायतको उपस्थिती रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*