तङ्ग–इल मो–दो संघ ललितपुरको नेतृत्वमा श्रेष्ठ

२०७६ जेष्ठ २८,मंगलवार १७:०८

काठमाडौं २८ जेठ । राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध मार्सल आर्टस् खेल तङ्ग–इल मो–दो संघ ललितपुर शाखाको जिल्ला कार्यसमिति पूर्नगठन गरिएको छ ।

मङलबार कर्मचारी संञ्चय कोष भवन लगनखेलमा भएको एक कार्यक्रमबीच अनिल श्रेष्ठको नेतृत्वमा ९ सदस्सीय कार्य समिति गठन गरेको हो ।

संघ ललितपुर शाखाको उपाध्यक्षमा राजु लामा , सचिवमा कृष्ण बोगटी कोषाध्यक्षमा सुरेन श्रेष्ठ सदस्यहरुमा राजेश जोशी, बलदेव थापा,राम महर्जन, सतल लामा, आकास तामाङलाई भएका छन् ।

तङ्ग इल मोदो मार्सल आर्टको नयाँ संस्करण भएको बताउँदै नेपालमा यसले छुट्टै पहिचान बनाएको छ महासचिव बिष्णु गिरीले बताए उनले भने, ‘अहिलेको राजनीतिक फोहरी भएको छ । यसलाई खेलले मात्रै स्वच्छ बनाउन सक्छ ।’

तङ्ग–इल मो–दो संघ का सल्लाहकार गणेश कुमार श्रेष्ठले खेलको माध्यमबाट युवा वर्गमा नैतिक शिक्षा दिन सकिने बताउँदै तङ्ग–इल मो–दो यसमा सफल हुँदै गएको बताए ।

कार्यक्रममा तङ्ग–इल मो–दो संघ नेपालका सल्लाहकार गणेश कुमार श्रेष्ठ महासचिव बिष्णु गिरी तथा सचिव रवि पराजुली लगायतको उपस्थती रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*