जिल्ला आयोजना कार्यान्वयन इकाई मकवानपुरद्वारा दुई विद्यालय अनुगमन

२०७६ जेष्ठ २८,मंगलवार १५:४५

मकवानपुर २८ जेठ । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरले मकवानपुरको थाहा नगरपालिकामा रहेको दुई विद्यालयका पुनर्निर्माणको अनुगमन गरेको छ । जिल्ला शिक्षा समितिका प्रमुख रघुनाथ खुलालका प्रमुख आतिथ्यता तथा जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरको अगुवाईमा उक्त विद्यालयको अनुगमन भएको हो ।

अनुगमनको क्रममा थाहा नगरपालिका वडा नं. ९ मा रहेको जनक प्राविको दुई कोठे भवन समयमा नै सकिएको पाइएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरको २३ लाख अनुदानमा विद्यालय व्यवस्थापन समिति मार्फत उक्त भवन निर्माण भएको हो ।

यस्तै थाहा नगरपालिका–९ मा रहेको स्वछन्द भैरव माविको चार कोठे भवनको पुनर्निमाणको अनुगमन पनि गरिएको छ ।

जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरको ६७ लाख अनुदानमा निर्माण भएको उक्त भवनको निर्माण सम्पन्न भएता पनि विद्युतीय वाईरिङ र ङरोंगन बाँकी रहेको अनुगमनको क्रममा भेटिएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*