हेटौँडाको राप्ती खोलामा सानुमाया बलको शव फेला पर्यो

२०७६ जेष्ठ २८,मंगलवार १५:०९

मकवानपुर २८ जेठ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ घर भएकी ९० बर्षीया सानुमाया बलको राप्ती पुल मुनी शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार बलको शव दिउँसो १२ : ३० बजे प्रहरीले फेला पारेको हो ।

उनको मृत्यु खोलाले बगाएर भएको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता यज्ञप्रसाद भट्टराईका अनुसार बृद्धाले आँखा कम देख्ने गरेको प्रारम्भीक अनुसन्धानबाट बुझिएको छ ।

उनले घटनाबारे थप अनुसन्धान भईरहेको जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*