काठमाडौंबाट हेटौँडाका लामासहित सात जना पक्राउ

२०७६ जेष्ठ २८,मंगलवार १४:३४

काठमाडौं, २८ जेठ । प्रहरीले काठमाडौं महानगरपालिका–६, बौद्ध रामहिटीस्थित छिरिङ लामाको घरमा जुवातास खेलिरहेको अबस्थामा सात जनालाई पक्राउ गरेको छ ।

प्रहरीले रामहिटी बस्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका घर भएका ३३ वर्षीया रेवती लामासहित सात जनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नगद ३३ हजार २ सय ८५ रुपैयाँ र ३ बुक तास बरामद गरेको प्रहरीले जनाएको छ ।

जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले टोलीले उनीहरुलाई उक्त नगदसहित सोमबार पक्राउ गरेको हो ।

घटनाको विषयमा स्थानीय प्रहरीले आवशयक अनुसन्धान गरिरहेको जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*