लिम्बु भाषाको ‘के च्याब्रुङ’ बेस्ट फिल्म

२०७६ जेष्ठ २७,सोमबार १५:०८

काठमाडौं । नेपाल आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा राष्ट्रिय सभागृह सम्पन्न तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०७६ लिम्बु भाषाको फिल्म ‘के च्याब्रुङ’ उत्कृष्ट फिल्म साबित भएको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यतामा आज भएको समापन समारोहमा गुरुङ फिल्मले क्यु का जसमाया गुरुङ यात उत्कृष्ट निर्देशक, गुरुङ फिल्म ’रिजेनासा’ का बलबहादुर गुरुङ उत्कृष्ट पुरुषकलाकार र मगरभाषाको खुर्पेटोबाट बिना थापा मगर उत्कृष्ट महिलाकलाकार र राई भाषाको यारी फिल्मकायुवराजबीरबहादुर राईलाई उत्कृष्ट छायाकारको पुरस्कार प्रदान गरिएको हो ।

त्यसैगरी गुरुङभाषाको रिजेनासा फिल्म दर्शकबाट पाएको ४०१ सदर मतबाट तीस हजार नगदसहित पब्लिकच्वाइस अवार्ड जित्न सफलभएको हो ।

महासंघका अध्यक्ष अमृत सुनुवारया सभापतित्वमा सम्पन्न आजको समारोहमा बेस्ट शर्ट फिल्म राजवंशीभाषाको पुल्टी र बेस्ट डकुमेन्ट्री सुनुवार भाषाको छेककगु ले प्राप्त गरेको छ । महोत्सवमा पुरस्कार निर्णय गर्न आदिवासी जनजाति मातृभाषाका प्रथम सिने पत्रकार विजयरत्न असंबरे तुलाधर, नेपालको पहिलो महिला सिने माटोग्राफर शबनममुखिया र आदिवासी कलाकर्मी राज थापा रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*