उपमहानगर की विकट क्षेत्र ?

२०७६ जेष्ठ २७,सोमबार १४:२१

मकवानपुर २७ जेठ । व्यवस्थित सहरसँगै मानव शरीरका लागि अत्यावश्यक खानेपानीको समस्या यतिबेला बढ्दो छ । हेटौंडा उपमहानगरपालिका र खानेपानी व्यवस्थापन बोर्डले खानेपानी सहजै आपूर्ति भइरहेको दाबी गरिरहँदा स्थानीय बासिन्दा ट्याङकरबाट पानी किनेर खान बाध्य छन् । सहज खानेपानी वितरण गर्न उपमहानगरपालिकाले खासै देखाएको पाईंदैन । तत्कालीन नगरपालिका भएको अवस्थामा ११ वडाबाट १९ नम्बर वडामा विस्तार गर्दै उपमहानगरपालिका घोषणा गरिएको थियो । उपमहानगरपालिका घोषणा त गरियो तर, विस्तार गरिएका वडाहरुमा सुविधाको विकास गरिएन । जस्तो अवस्था थियो, त्यस्तै अवस्थामा उपमहानगरमा गाभियो अहिले यो अवस्था हेर्दा सहर भएपनि ग्रामीण क्षेत्र भएको प्रष्ट झल्किन्छ । हेटौंडा उपमहानगरको १, ३, ६, १८ र १९ वडामा पहिलेदेखि नै खानेपानीको समस्या रह“दै आएको छ । तर, खानेपानी व्यबस्थापन बोर्ड र उपमहानगरपालिका भने खानेपानीे उपलब्ध भइरहेको दाबी गर्दै आएका छन् ।

ती वडाका विभिन्न क्षेत्रमा बाबु÷बाजेकै पालादेखि हालसम्म कुवामा पानी लिन जानुपर्ने बाध्यता रहेको वडाका जनप्रतिनिधिहरु आफै गुनासो गर्छन् । सहरी विकासका क्रममा खानेपानी, ढल, विद्युत, सडक, व्यवस्थित सहरीकरण अनिवार्य हो । हाम्रो मुलुकको व्यवस्था नै यस्तै छ, मापदण्ड पुरा नगर्दै घोषणा गरिन्छ । अनि जनताको सास्तीलाई धा“ति राखेर क्षेत्र विस्तार भन्दै कर असुलिन्छ । हेटौंडा उपमहानगरमा गाभिएका साविक वडा बासिन्दाहरु सुविधामा केहि वास्ता नगर्ने र बर्षेनी कर बढाउने काम मात्र भइरहेको गुनासो सुनाउ“छन् । खानेपानीको चरम समस्याका कारण अहिले पनि अधिकांश स्थानीय बाजेको पालाकै कुवामा पानी दिन दिनहु“ धाउ“छन् । जसका कारण समय फेरिएको तर, अवस्था उस्तै रहेको प्रष्ट हुन्छ । स्थानीयले मात्र होइन, वडाका जनप्रतिनिधिले समेत बारम्बार
उपमहानगरपालिका समक्ष गुनासो सुनाइरहेको छ । जनप्रतिनिधिले प्रत्येक्ष गुनासो सुनाउ“दा पनि उपमहानगरपालिकाले धेरै बजेट खर्चिनुपर्ने भन्दै पन्छि“दै आएको छ । यो अवस्थाका कारण जनताले सास्ती खेप्नुपर्ने बाध्यताबाट राहत पाएका छैनन् ।

राती २ बजे २ घण्टा पैदल हि“डेर पानी ल्याएर जीवन धान्ने जनता हेटौंडा उपमहानगरभित्रै कै जनता हुन् । यो अवस्था हेर्दा खानेपानीको सवालमा उपमहानगर की विकट क्षेत्र भन्ने सवाल गर्दा फरक नपर्ने देखिन्छ । वडा–१ को घ्याङ्सिङटार, नकौली, भैरवडा“डा, लामीडा“डा वडा–३ को पूरै क्ष्ँेत्रमा वडामा खानेपानी अभाव छ । वडा–६ को दिव्यनगर, रक्षादेवी, हेल्थपोष्ट चोकमा खानेपानीको समस्या पहिलेदेखि नै रह“दै आएको छ । वडा–१७ को हटियाबाट बोरिङ गरिएको पानी ल्याउने योजना तयार भइरहेको छ । वडा–९ मा भने खानेपानीको अभाव खासै नभए पनि चौधघरेमा स्तरीकरणबिना खानेपानी बितरण भइरहेको छ । वडा–१४ मा हालत पनि उस्तै छ । वडा–१८ मा पनि विशेषतः चैत शुरु भएदेखि वर्खा नलागेसम्म खानेपानीको चरम अभाव हुने गर्छ । हेटौंडाका २, ४, ५, ७, ८, १०, ११, १२, १३, १५, १६ र १७ मा खानेपानीको राम्रो सुबिधा रहेको उपमहानगर र व्यवस्थापन बोर्डको दाबी छ ।
आजको हेटौँडा सन्देशमा छापिएको सम्पादकीय


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*