हेटौँडा अस्पतालमा उपचारको क्रममा एक जनाको मृत्यु

२०७६ जेष्ठ २७,सोमबार १३:४७

मकवानपुर २७ जेठ । आज सोमबार विहान हेटौंडा १० राप्ती रोडमा अचेत अवस्थामा फेला परेका एक बृद्धको मृत्यु भएको छ । अन्दाजी ६८ बर्षीय उनको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार सोमबार बिहान राप्तीरोडमा उनी अचेत अवस्थामा भेटिएका थिए ।

प्रहरीले उनलाई उपचारको लागि हेटौँडा अस्पताल लगेको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उनको सनाखत भने हुन बाँकी छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*