मुहार फेर्दै मनहरीको मोरङ्गे ताल

२०७६ जेष्ठ २७,सोमबार १३:०१

जयराम मोक्तान/मनहरी, २७ जेठ । पश्चिम मकवानपुरको मनहरी ६ स्थित सुनाचुरीमा रहेको मोरङगे ताललाई संरँक्षणमा गरि पर्यटकीय स्थल निर्माण गरिदैछ । ताललाई संरक्षण गरि पर्यटकीय स्थल निर्माणका लागि स्थानीयहरुको सक्रियतामा निर्माण तथा संरक्षण समिति नै बनाई धमाधम संरक्षण तथा निर्माण कार्य भइरहेको छ ।

हाल ताल वरिपरि रहेको झाडी सरसफाई,तारबार निर्माण कार्य,मचान निर्माण तथा पुर्व पश्चिम राजमार्गको नजिकै ताल पर्ने भएकाले गाडीमा यात्र गर्ने यात्रुहरुले जथाभावि फोहोर नगरुन् भन्दै अत्यधुनिक सुबिधा सम्पन्न शौचालय निर्माण समेत गरिरहेको हरियाली मोराङगे ताल पार्क तथा पर्या पर्यटन ब्यवस्थापन समितिका अध्यक्ष नारायाण श्रेष्ठले जानकारी दिए ।

उक्त चौाचालय एकै चोटी २० जना भन्दा बढि यात्रुले प्रयोग गर्न सकिने छ । ब्रह्मादेबि लामिदमार मध्यवर्ति सामुदायिक वनको क्षेत्रमा पर्ने उक्त ताल १ विगाह क्षेत्रफलमा फैलिएको छ भने ५ फिट भन्दा बढि गहिराई रहेको छ ।

तालमा भएको पानी बाह्रै महिना नसुक्ने समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए। पर्यटन क्षेत्र निर्माण सम्पन्न पश्चात उक्त तालमा ठुला ठुला माछा, गोहि कछुवा तथा अन्य पानीमा बस्ने प्राणीहरुको अबलोन गर्न सकिने छ भने जंगल क्षेत्रमा हात्ती, गैडा, चित्तल, जरायो तथा अन्य बिभिन्न जिव जन्तुहरुको अवलोकन गर्न सकिने अध्यक्ष श्रेष्ठको भनाई छ।

बिगत एक वर्ष अघि देखि निर्माण कार्य थालिएको उक्त क्षेत्रलाई मनहरी गाउँपालिकाबाट ५ लाख, सुनाचुरी सामुदायिक वनबाट ५ लाख तथा राप्ती डिभिजन वन कार्यलय मनहरीबाट ८ लाख आर्थिक सहयोग भएको बताइएको छ । अबको एक वर्ष भित्रमा निर्माण कार्य सम्पन्न गराई पर्यटकलाई भित्र्याउने लक्ष्य राखिएको समितिको दावी छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*