विप्लव मकवानपुरका ३ जना भीमफेदी कारागारमा

२०७६ जेष्ठ २७,सोमबार १२:३७

मकवानपुर २७ जेठ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ३ जना भीमफेदी कारागारमा भएको कारागारले जनाएको छ । विप्लवका मकवानपुर इन्चार्ज बीरबहादुर घलान ज्वालासहित अन्य २ कार्यकर्तालाई विभिन्न समयमा गरी जिल्ला अदालत मकवानपुरले कारागार पठाएको हो ।

घलानलाई जिल्ला अदालत मकवानपुरले गत जेठ १३ गते कारागार पठाएको थियो । जिल्ला न्यायाधिश धु्रुव कुमार पियाको एकल इजलाशले २५ हजार धरौटी लिई उनलाई तारेखमा छोड्न आदेश गरेको थियो तर घलानले सो धरौटी रकम नतिरेपछि उनलाई कारागार पठाइएको हो ।

त्यसैगरी अदालतले विप्लव मकवानपुरका आर्थिक विभाग प्रमुख सुर्य अर्याल र कार्यकर्ता राजकुमार पाख्रिनलाई पनि हिजो जेठ २६ गते कारागार पठाएको छ ।

जिल्ला न्यायाधीश षडानन्द तिवारीको एकल इजलाशले उनीहरुलाई ५/५ हजार धरौटी लिई तारेखमा छोड्न आदेश गरेको थियो उनीहरुले सो धरौटी रकम नतिरेपछि उनीहरुलाई पनि कारागार चलान गरिएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*