धरौटी रकम नतिरेपछि विप्लव कार्यकर्तालाई भीमफेदी कारागार पठाइयो

२०७६ जेष्ठ २६,आईतवार १९:४०

मकवानपुर २६ जेठ । जिल्ला अदालत मकवानपुरले माग गरेको धरौटी रकम नतिरेपछि नेत्र विक्रम चन्द नेतृतवको नेकपा मकवानपुरका आर्थिक विभाग प्रमुख सुर्य अर्याल र नेकपाकै कार्यकर्ता राजकुमार पाख्रीनलाई भीमफेदी कारागार चलान गरेको छ ।

जिल्ला न्यायाधीश षडानन्द तिवारीको एकल इजलाशले पाख्रिन र अर्याल दुवैलाई
५/५ हजार धरौटी रकम माग गरेको थियो ।

अधिवक्ता केशव गौतमका अनुसार उनीहरुले सो रकम तिर्न नसकेपछि कारागार चलान गरिएको हो ।

गौतमका अनुसार पाख्रिनलाई विस्फोट सम्बन्धी मुद्धा लगाइएको थियो भने अर्र्याललाई विस्फोटक पदार्थ र गैरकानूनी चन्दा सम्बन्धी मुद्धा लगाइएको थियो ।

यो पनि पढ्नुहोस्

अदालतमै ज्वालाले भने ‘सरकारकै कारण नेपाली जनता असुरक्षित’

भर्खरै : अदालतबाट छुटेलगत्तै फेरी पक्राउ परे ज्वाला

यसरी बित्यो अदालतमा ज्वालाको १९ मिनेट

अपडेट : २८ गते पक्राउ परेका ज्वाला ३० गतेको घटनामा आरोपी

एसपी सिंहले भनाई सच्याए : ज्वालाको पेट्रोल बम काण्ड फागुन ३० गतेको हो

ज्वाला पक्राउ प्रकरण – विधि र शासनको उल्लङ्घन भयो : अधिवक्ता गौतम


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*