हेटौँडा–१९ मा रहेको गणेश आधारभूत विद्यालयको नवनिर्मित भवन उद्‌घाटन तथा हस्तान्तरण

२०७६ जेष्ठ २६,आईतवार १७:४९

मकवानपुर २६ जेठ । हेटौँडा उपमहानगरपालिका वडा नं. १९ स्थित श्री गणेश आधारभूत विद्यालय कुवापानीको नवनिर्मित चार कोठे विद्यालय भवन उद्‌घाटन तथा हस्तान्तरण भएको छ ।

जापान सरकारको सहयोगमा बनेको नवनिर्मित चारकोठे विद्यालय भवन, छात्रछात्रा शौचालयसहितको भवन आज (आईतबार) उद्‌घाटन तथा हस्तान्तरण भएको हो ।

नवनर्मित भवनको समुद्‌घाटन इकाई प्रमुख बद्रीबहादुर पाठकले गरेका थिए ।

निर्माण सेवाकातर्फबाट सागर भण्डारीले विद्यालयको साँचो जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुखलाई हस्तान्तरण गरेका थिए भने इकाईप्रमुखबाट विद्यालय व्यवस्थापन समितीका अध्यक्षलाई भवन हस्तान्तरण गरिएको थियो ।
भवन आधारभूत तह कक्षा १ देखि ५ सम्मका लागि आवश्यक फर्निचरसहितका सामग्रीसमेत गरी कूल एक करोड सतहत्तर लाख छब्बीस हजार तीन सय तीन रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।

आधारभूत तह कक्षा १ देखि ५ सम्मका लागि आवश्यक फर्निचरसहितका सामग्रीसमेत गरी कूल एक करोड सतहत्तर लाख छब्बीस हजार तीन सय तीन रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री लालबहादुर रुम्वाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का प्रमुख बद्रीबहादुर पाठक, जाइका परामर्शकर्ताको तर्फबाट जिल्ला आवासीय इन्जिनियर रोजेश गोविन्द श्रेष्ठ, निर्मल मावि वस्तिपुरका प्रअ प्रवोध विडारी, जिल्ला आयोजना कार्यान्वयन इकाईका इन्जिनियर सन्दिप अधिकारी, वडा नं १९ का वडा सदस्य वागसिं स्याङ्तान लगायत प्राविधिकहरु र अभिभावकहरुको सहभागीता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*