अपडेट : कसरी डुबे हाइड्रोको ड्याममा मगर ?, यसो भन्छ प्रहरी

२०७६ जेष्ठ २६,आईतवार १५:४६
file photo

मकवानपुर २६ जेठ । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित माण्डु हाइड्रो पावरमा मजदुरको रुपमा काम गर्दै आएका टेक बहादुर मगरको आज शव फेला परेको छ ।

मगरको हाइड्रो पावरकै ड्याममा डुबेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यांलय मकवानपुरले जानकारी दिएको छ ।

उनी ड्यामको पानीमा कसरी डुबे यसबारे तु खबरले जान्ने प्रयास गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता यज्ञप्रसाद भट्टराईका अनुसार मगर शुक्रबार बेलुकादेखिनै बेपक्ता भएको जानकारी प्रारम्भीक अनुसन्धानबाट फेला परेको छ ।

मगर बेपत्ता भएपछि मगरका साथीहरुले उनको खोजी गरेका थिए । उनका साथीहरुले उनलाई खोज्दै जाँदा ड्यामको डीलमा पुगेपछि मगरको एउटा चप्पल देखे । ड्याममा डुबेको हुनसक्ने भन्दै मगरका साथीहरुले प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरीले आज ड्यामको पानी सुकाएर खोजी गर्दा पानीको सतहबाट १३ मिटर तल मगरको शव फेला परेको हो ।

उनी कसरी डुबे भन्ने जिज्ञासामा प्रहरी प्रवक्ता भट्टराइले मगरले सो दिन मादक पदार्थ सेवन गरेको र ड्यामको डीलमा बसेर फोन गर्दै गर्दा उनी आफैँ ड्याममा खसेको प्रारम्भीक अनुसन्धानबाट फेला परेको बताए ।

मगरको शवलाई पोष्टमाटमको लागि हेटौँडा ल्याइँदै गरेको जानकारी दिँदै शवको विषयमा थप अनुसन्धान गरिने उनले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*