भीमफेदीको माण्डु हाइड्रोमा मगरको मृत्यु

२०७६ जेष्ठ २६,आईतवार १५:१६

मकवानपुर २६ जेठ । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित माण्डु हाइड्रो पावरमा एक जनाको मृत्यु भएको छ । हाइड्रोको ड्याममा डुबेर सोही हाइड्रोका कामदार उदयपुर जिल्ला घर भएका ४० बर्षीय टेक बहादुर मगरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसी यज्ञप्रसाद भट्टराईले मगर शुक्रबारनै पानीमा डुबेको प्रारम्भीक अनुसन्धानबाट थाहा भएको बताए ।

शुक्रबार बेलुका देखिनै बेपत्ता भएका मगरको ड्यामको करीब १३ मिटर तल हिलोमा गाडीएको अवस्थामा शव फेला परेको हो ।

प्रवक्ता भट्टाराईको अनुसार मगरको शव पोष्ट मार्टमको लागि हेटाँैडा अस्पताल ल्याइँदै छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*