मेलानको स्थापना दिवसमा सर्वसाधारणदेखि मन्त्रीसम्मले गरे रगत परिक्षण

२०७६ जेष्ठ २६,आईतवार ०९:०६

मकवानपुर २६ जेठ । मेडिकल ल्यावोरेटरी एशोसिएसन अफ नेपाल मेलान मकवानपुरले १४ औँ स्थापना दिवसको अवसरमा आज निशुल्क रगत परिक्षण गरेको छ ।

हेटौँडाको हुप्रचौरमा भएको रगत परिक्षण कार्यक्रममा १ सय ४६ जना सहभागि भएको मेलानका केन्द्रीय सचिवालय सदस्य उत्सव चौँलागाईले तु खबरलाई जानकारी दिए ।

उनका अनुसार प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री एवम् कार्यक्रमका प्रमुख अतिथि कैलाशप्रसाद ढुंलेलले पनि रगत परिक्षण कार्यक्रममा सहभागिता जनाएका छन् । हेटौँडा उपमहानगरपालिकाका मेयर हरीबहादुर महत, तु खबरका सम्पादक गिरिजा अधिकारी, नेकपाका नेता कमान सिंह पाख्रीन, औषधी व्यवसायी संघका अध्यक्ष सुधिर थापा,हेटौँडा अस्पतालका डाक्टरहरु लगायत मकवानपुरका सञ्चारकर्मी, नागरिक समाज र सर्वसाधारणले रगत परिक्षण गराएका थिए ।

रगत परिक्षणमा १० जना टेक्निसिएन खटिएका थिए ।

कार्यक्रम मेलान मकवानपुरका संयोजक राजकुमार इटेनीको सभाध्यक्षतामा भएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*