हेटौँडा जर्नालिज्म अवार्ड , पूर्वअध्यक्षहरु सबै सम्मानीत

२०७६ जेष्ठ २५,शनिबार २०:५६

मकवानपुर २५ जेठ । न्यू मिडिया एकेडेमी प्रालिको आयोजनामा आज शनिवार दोस्रो हेटौंडा जर्नालिज्म अवार्डमा मकवानपुरका ११ जना क्रियाशिल पत्रकारहरुलाई सम्मान गरिएको छ ।

सम्माननित हुनेहरु क्रमश उत्कृष्ट खेलकुद पत्रकारिता वर्ष अवार्डमा एभिन्युज टेलिभिजनका राजन दाहाल, उत्कृष्ट चलचित्र पत्रकारिता वर्ष अवार्डमा नागरिक दैनिकका अशोक सुजन श्रेष्ठ, उत्कृष्ट आर्थिक पत्रकारिता वर्ष अवार्डमा साझाकुरा दैनिक र कारोबार दैनिकका केशव समपर्ण, उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्डमा अन्नपूर्ण पोष्ठ दैनिकका कृष्ण सारु मगर, उत्कृष्ट सम्पादक वर्ष अवार्डमा साझाकुरा दैनिकका सुवास विडारी रहेका छन् ।

त्यसैगरी उत्कृष्ट अनलाईन पत्रकारिता वर्ष अवार्डमा प्रष्टखबर डटकमका सुनिल सिवाकोटी, उत्कृष्ट प्रस्तोता वर्ष अवार्डमा रेडियो थाहा सञ्चारका दर्शन क्षेत्री, उत्कृष्ट सामाजिक पत्रकारिता वर्ष अवार्डमा रेडियो मकवानपुर र प्रदेश दैनिकका गणेश अधिकारी रहेका छन् ।

त्यसैगरी नव उदयमान पत्रकार वर्ष अवार्डमा रेडियो थाहा सञ्चारकी सृजना नेपाल, उत्कृष्ट पूरुष पत्रकार वर्ष अवार्डमा —कान्तिपुर टेलिभिजनका बालकृष्ण अधिकारी,
र उत्कृष्ट महिला पत्रकार वर्ष अवार्डमा टिम टेलिभिजनकी नानीमाया सापकोटा सम्मानीत भएका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्षहरु कौशल पाण्डे, नवराज सर्मा, प्रताप विष्ट, राममणी दाहाल, भानुभक्त आचार्य र महेन्द्र श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि एवम् प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले सबै सम्मानित हुने पत्रकारहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा चर्चित कलाकार प्रशास सपुतले प्रश्तुती दिएका थिए भने स्थानीय कलाकारहरु कविराज हुमागाई, स्वस्तिका ढकाल, देवेन्द्र कार्की लगायतले प्रस्तुती दिएका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*