गलबन्दीका गायक प्रकाश सपुतले आज हेटौँडा तताउने

२०७६ जेष्ठ २५,शनिबार ०७:४८

मकवानपुर २५ जेठ । गलबन्दी बोलको गितको गायक प्रकाश सपुतले आज हेटौँडा तताउने भएका छन् । न्यू मिडिया एकेडेमी प्रा.लिको आयोजनामा आज शनिबार हुन लागेको दोस्रो हेटौंडा जर्नालिज्म अवार्ड —२०७६ मा चर्चित गायक सपुतले प्रश्तुती दिनेछन् ।

सपुत आजको कार्यक्रमको विशेष आकर्षण मानिन्छन् । आयोजक संस्थाका अध्यक्ष मणिराज गौतमका अनुसार आज अन्य स्थानीय कलाकारले पनि आफ्नो प्रस्तुती दिनेछन् ।

सपुत आउनेभएपछि थप दर्शकहरु समेत आउने अपेक्षा गरिएको गौतमको भनाई छ । सपुतले बोलमाया, गल्बन्दी जस्ता चर्चित् गीत गाएर दर्शक स्रोताको मन जितेका छन् ।

कार्यक्रममा मकवानपुरमा क्रियाशिल ११ जना पत्रकारहरुलाई नगद राशीसहित सम्मान समेत गरिने अध्यक्ष गौतमले जानकारी दिए ।

केही दिनअघि आयोजकले विभिन्न विद्यामा अवार्डका लागि मनोनित हुनेहरुलाई प्रमाणपत्र समेत वितरण गरिसकेको छ ।

तु खबरसंग कुराकानी गर्दै अध्यक्ष गौतमले पत्रकार महासंघ मकवानपुरका ५ जना पूर्व अध्यक्षहरुलाई सम्मान गर्ने समेत बताए । उनले सबैलाई उपस्थितिको लागि आग्रह समेत गरे ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*