मैत्रीपूर्ण खेलमा आयोजक विजयी

२०७६ जेष्ठ २५,शनिबार ०७:३१

मकवानपुर २५ जेठ । मेडिकल ल्याबोरेटरी एशोसिएसन नेपाल (मेलान) को १४ औँ स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । मेलान मकवानपुर र हेटौंडा उपमहानगरपालिकाको बीचमा हेटौंडा ६ चौघडामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो ।

मैत्रीपूर्ण खेलमा मेलान मकवानपुर ३–१ गोल अन्तरले विजयी भएको छ । मेलानको तर्फबाट सुवास श्रेष्ठले २ गोल र प्रशन्न श्रेष्ठले १ गोल गरेका थिए । हेटौंडा उपमहानगरपालिकाको तर्फबाट राजन रायले १ गोल गरेका हुन् ।

स्थापना दिवसको कार्यक्रम अन्तरगत आईतबार हेटौंडा ४ हुप्रचौरमा निशुल्क सुगरको जाँच गरिने मेलानका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला अध्यक्ष उत्सव चौलागाईले जानकारी दिए ।

अत्याधुनिक उपकरणमार्फत सुगरको जाँच हुने भएकाले सम्पूर्णलाई आफ्नो स्वास्थ्य जाँच गराउन आउन चौलागाईले आग्रह समेत गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*