किन झुर बन्दै छ साहित्य ?

२०७६ जेष्ठ २५,शनिबार ०७:२३

संस्कृत भाषाको ‘सहित्’ शब्दमा ‘य’ तद्धित् प्रत्यय लागी ‘साहित्य’ शब्दको निर्माण भएको मानिन्छ । संस्कृतमा ‘साहित्य’ शब्दको व्युत्पत्ति दुई प्रकारले गरिएको पाइन्छ– पहिलो ‘शब्दार्थौः सहित तस्य भावः साहित्य’ अर्थात, शब्द र अर्थको सहभाव नै साहित्य हो भने अर्को अर्थ ‘हितेन सहितं तस्य भावः साहित्य’ अर्थात, हितले युक्त भाव नै साहित्य हो । साहित्यको सामान्य अर्थ जसले बुझ्दछ त्यसले समग्र लिखित वाङ्मय, विज्ञान, राजनीति, अर्थ, समाज, विचार आदिलाई बुझाउँदै कोर्ने गरेको पाइन्छ । साहित्य भन्नाले विशेष अर्थ पश्चिमा जगतमा कल्पनाको प्रयोग गरी विशिष्ट शैलीमा लेखिएका कृति वा रचनालाई बुझ्ने गरिन्छ ।

एउटा रुख जमिनबाट पलाउँदा सुरिलो आकारमा पलाउँछ । तर जतिजति बढ्दै जान्छ, त्यतित्यति त्यो रुखको हाँगाहरु पनि पलाउँदै जान्छन् । रुख सुरिलो मात्रै भयो भने त्यो रुख हेर्दा असुहाउँदिलो देखिन्छ । रुखका हाँगा भए भने हेर्दा अत्यन्तै सुन्दर देखिन्छ । यसैगरी साहित्यको संसारमा पनि मूलधारको साहित्य मात्रै रह्यो भने पक्कै पनि साहित्यको सिङ्गार पटार पुग्दैन । यसैले समयका विभिन्न कालखण्डहरुमा मूलधारको साहित्यभन्दा पृथक तरिकाले साहित्यको सिर्जना गर्न थालियो । यसरी सिर्जना गर्दागर्दै त्यसले साहित्यमा नयाँ विधाको रुप लियो । साहित्यमा आज धेरै विधाहरु छन् । ती विधाहरुमा कथा, कविता, नाटक, उपन्यास, गीत, गजल, निबन्ध, लघुकथा, मुक्तक, हाइकु, रुवाइयत, ताङ्का, केस्रा र तप्कना आदि छन् । साहित्यलाई प्राचीन समयमा काव्य शव्दको रुपमा बुझिएको पाइन्छ । जसको अर्थ कवि वा स्रष्टाको सिर्जना भन्ने हुन्थ्यो । मूलतः भाषाको माध्यमबाट अभिव्यक्त गरिने विचार र कलाको सन्तुलित अभिव्यक्ति नै साहित्य हो भन्ने कुरामा हामी कसैको दुईमत नहोला ।

तर अचेलका केही साहित्य साहित्य नभएर नामका मात्र कोर्ने गरेको पाइन्छ हित, विचार र भावको कुरा त कुनै चरीको नाम जस्तै हुन थालेको छ । आजको सन्दर्भमा यो अर्थ लाग्ने गरी ‘साहित्य’ शब्दको प्रयोग हुन लगभग छाडिसकेको छ । तर, यहाँ त अचेल जस्तोलाई पनि साहित्य अनि साहित्यकार भन्ने चलनले पो रुवायो त । कसैले आफ्नो उद्देश्य अनि समाज परिवर्तनका लागि त कसैले आफ्नो चिनारी गराई समाजमा अब्बल साहित्यकार कहलिनका लागि अधिक मात्रामा प्रचारप्रसार गर्न मात्र लेखेका हुन्छन् । पछिल्लो समय साहित्यिक कार्यक्रमहरु व्यापक रुपमा हुने गरेको पाइन्छ । यतिसमम कि दिनमा पाँच–पाँचवटासम्म साहित्यिक कार्यक्रमहरुले ओगटिरहेका छन् । साहित्यिक वातावरण निर्माण र सिर्जनशील समाजको कोणबाट हेर्दा यसलाई सुखद मान्न सकिन्छ । तर यस्ता कार्यक्रमहरुको प्रकृति, ढाँचा, उद्देश्य र त्यसले प्रवाह गर्ने सन्देश कता गइरहेको छ भन्ने कुरा पनि महत्त्वपूर्ण विषय हुन आउँछ । सँगसँगै कतिपय सचेत र गम्भीर साहित्यकारहरु छायाँमा पर्ने र सस्ता आत्मरति र प्रचारप्रसारमा रमाउने साहित्यकार ९रु० हरु बजारिया कस्मेटिक वस्तु जस्तो देखिनु पनि उत्तिकै सोचनीय पक्ष हो ।

अचेल त अन्तक्र्रिया गर्ने चलन पनि बढेको छ बजारमा । लेखकको कृति आएकै हुँदैन २ जनालाई किताब पठाइदिएको हुन्छ अनि उनीहरु बन्छन् टिप्पणी कर्ता । कसैले पढ्न पाएको हुँदैन फ्लोर ओपन छ भनेर कार्यक्रममा मध्यस्तकर्ता गर्ने कुर्लिन थालिहाल्छन् । कसले के बोल्ने त्यहाँ अब रु उही उनीहरुको एकलौटी व्याख्या सुन्यो आयो । यस्तै छ आजको दिनचर्या भनेर फेसबुकमा पोस्ट्याउन भ्याइ हाल्छन् । आफैँले टिप्पणी गरेको मात्र टिप्पणी अरुले गरेको चाहिँ फुस्रो भन्नेको जमात बाक्लिँदै छ ।

यसरी ओझेल पर्ने सधैँ ओझेलमा अनि प्रचारप्रसार गर्ने सधैँ सम्मान र अगाडि मात्र पुग्छन् । बढो उत्साहका साथ साहित्यिक कार्यक्रममा जाँदा कतिपय कुराहरुले फेरि त्यसलाई निरन्तरता दिन कसैलाई पनि मन लाग्दैन । प्रमुख अतिथिका साला सालीदेखि लिएर ऊसँग आएकालाई पनि आसन ग्रहणको पल्लाले भारी भिराइदिन्छन् । जसले दर्शन, विचार, समाजको कुरा अनि साहित्यको पाटो बुझ्दैनन् तिनैलाई आसन ग्रहण गराउनुको कुनै अर्थ हुन्छ र रु साहित्य सुन्ने हेतुबाट गए तापनि विभिन्न विशेषण पद थपेर गर्ने सम्बोधनले धेरैलाई उद्देक पारेको हुन्छ । विशेषण थप्दा भरे बेलुका केहीको व्यवस्था हुन्छ कि तथा तपाईँले राम्रो भन्नुभयो भन्ने आशमा विशेषणका पगरीहरु भिराइ दिन्छन् । अनि कस्तो थियो मेरो रु भनेर साध्न पनि भ्याइहाल्छन् ।

त्यतिमात्र कहाँ हो र समयको पावन्दी छ भन्दा भन्दै पनि मञ्चासिन सबैको नाम र सम्बद्ध सङ्घ संस्थाको उच्चारण त गर्न भ्याइ हाल्छन् । अनि त साहित्यिक गुरुत्वभन्दा सामाजिक सञ्जालको गुरुत्व बढी प्रभावित हुन थाल्छ । कसले सुनिदियोस् उसका ती विशेषणिक पदहरु रु मेरो पालो कति खेर आउला भनेर कुर्नेहरुले पनि दिक्क नै लगाउँछन् । त्यस्तै मेरो पाला आउँछ कि आउँदैन भनेर बसी पनि रहन्छन् कत्ति त । बोल्न पाएपछि अरुको कुरालाई सापटी लिएर भए पनि आपूm माथि बढ्ने प्रवृतिले जरो गाडेको छ यो समाजमा । सन्दर्भ साहित्यको अनि मन्तव्य चाहिँ “उसले हिजो फोन गरेकाले आएँ । काम त अरु पनि थियो तर आउनै पर्छ भनेको हुँदा यसो अनुहार देखाउन आएको ।” अब तपार्इँहरु आफैँ भन्नुहोस् कि साहित्यको उपलव्धीमूलक कुरा सुन्ने कि उसको झुसिलो डकार रु अनि गैरसाहित्यिक व्यक्तित्वको गैरसाहित्यिक भाषणले फुर्न लागेको साहित्य पनि कोसौं पर भाग्छ । त्यतिमात्र भइदिए त पुग्थ्यो नि, मै राम्रो मेरो काम नै असल भन्ने खुरापाति गफले पो मार्छ त । अनि आफ्नो हतार मात्र हतार सम्झिनेले अर्काको समय नै ख्याल नगरी मस्तै बोल्ने त्यसपछि मेरो काम छ भन्दै सबैसँग हात मिलाउने । अब भन्नुहोस् ती व्यक्तिहरुले समाज परिवर्तनका लागि र साहित्यमा कस्ता पहदकदमीहरु चाल्लान् रु आफ्नो सम्मान खोज्नेले अरुलाई सम्मान दिन नजान्दा यो समाज समृद्धभन्दा पनि आपूm केन्द्रित भएर चलेको तीतो यथार्थ छ । हतार आखिर कसलाई हुँदैन र अहिलेको जमानामा रु सबै त व्यस्त छन् अचेल कि मोबाइलमा कि टिभी अनि कि चिया चौतारीमा अर्काकै कुरा काट्न । हतार सबैलाई हुन्छ भन्ने भाव बुझेको भए आफ्ना विचारहिन विचारहरु पस्कदैनथे होलान् सायद ।

कार्यक्रममा युग र समयको आवश्यकता नबुझी आयोजकहरु पनि कार्यक्रम गर्न तल्लीन हुन्छन् । साहित्यमा कस्ता समस्याहरुले जरो गाडेको छ अनि समाधानका उपायहरु ल्याउन कस्ता खालका पहलकदमी चाल्नुपर्छ भन्ने कुरा विमर्श गर्नुभन्दा पनि आत्मकेन्द्रित तथा आत्मप्रलापहरु पोख्ने भएकै कारण भाषण केबल भाषण मात्र हुने हुँदा त्यस्ता व्यक्तिलाई बोलाउनुको कुनै तुक हुँदैन र आयोजक केबल आयोजक बन्यो भनेर मिडियामा आउनु मात्र हो । महत्त्वपूर्ण कुरा अर्को के छ भने कसरी पैसा उठाउन सकिन्छ भन्ने ध्याउन्न मात्र हुन्छ । कसरी कार्यक्रमलाई सफल पार्न सकिन्छ भन्ने महत्त्व हुने भए सायद पैसा उठाउनतिर त्यति ध्यान जाँदैन थिए होलान् तर । कार्यक्रमका लागि भनेर पैसा उठाउने तर खर्चचाहिँ विभिन्न रसपानदेखि लिएर अन्यत्रै गर्ने । यस्तो प्रवृतिले दिने दानवीरहरुले पनि कति दिऊन् पैसा प्रत्येक वर्ष रु पैसालाई सही ठाउँमा प्रयोग गरेर कार्यक्रमलाई सार्थक बनाउने हो भने सबै तप्काबाट अवश्य नै सहयोग मिल्थ्यो कि !

कार्यक्रममा बोल्दै गर्दा सायदै होलान् फोटो नखिच्ने । ध्यान फोटो राम्रो आयो कि आएन त्यतै मात्र हुन्छ । कसैलाई असर गर्यो कि गरेन मतलब हुँदैन । अनि किन अरुलाई झुर नलागोस् त कार्यक्रम रु टक्क अतिथि बनेर आएको हुन्छ अनि आप्mनै किताब छ कि अरु त्यसैमा प्रचार प्रसारमै व्यस्त देखिन्छ । बोलाएको एउटा प्रयोजनका लागि हुन्छ अनि काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्याजस्तै कामचाहिँ आफ्नै दुनो सोझ्याउनेतिर । कार्यक्रम सकिन पाएको हुँदैन के होला खाजा आजको भनेर सोध्न त भ्याइहाल्छन् । हतार–हतार खाजा कि खायो कि घरमा पुग्छ आफ्ना छोराछोरीका लागि । फेरि सुरु हुन्छ समूहमा फोटो खिच्न । त्यो दिनको फेसबुकभरि आजको दिन यसरी बित्यो भन्दै पोष्ट्याउनै व्यस्त हुन्छन् । निमन्त्रणा पनि त्यही पुरानै व्यक्ति जो हरेक साहित्यिक कार्यक्रममा भेट भएकै हुन्छन् । अनि अन्तर्वार्तामा चाहिँ हामीले नयाँ सर्जकहरुलाई समेट्ने गरेका छौं भनेर खोकेका हुन्छन् ।

कसैलाई जति फोन गरे पनि मान पुग्दैन भने कसैलाई फोन नै जाँदैन अनि कसरी उपस्थितिमा बृद्धि हुन्छ र रु त्यतिमात्र हो र कतिपय संस्थाहरुले त अचेल पुरस्कार तथा सम्मान साटासाट गर्न मात्र कार्यक्रमहरु गर्ने गरेको पाइन्छ । म तपाईँलाई सम्मान गर्छु तपाईँ मलाई गर्नुस् भन्दै पुरस्कारहरु बाँडफाँड गर्ने प्रवृति निकै मौलाएको छ । प्रतियोगितात्मक कार्यक्रम होस् त आज फलानो निर्णायक छ जसरी पनि जिताउन भन्नु पर्छ है उसलाई भन्दै बेलुका फोन पुग्छ । अनि वास्तविक सर्जकहरु किन ओझेल नपरून् त रु अनि प्रमुख अतिथि पनि त्यस्तै जसले आफ्नो हितका लागि मात्र काम गर्छन् त्यही । आफ्नो बोलीको कुरा कतिको लाग्छ र माथिसम्म कतिको पहुँच छ उसको, जसको माध्यमबाट हात मोल्न सहज हुन्छ र जिब्रो चलायमान हुन्छ अनि हातका रौँ ठाडा ठाडा पर्छन् ।

यदि बेलैमा विभिन्न साहित्यिक सङ्घ संस्थाहरुले सम्बोधन, मन्तव्य, अनावश्यक बहस, गैरसाहित्यिक मान्छेको भिड, सम्मानको सट्टापट्टा, आत्मप्रलापहरुको गन्थन, अरुलाई सुन्न नजान्ने, मै मात्र राम्रो भन्ने प्रवृति, युग र समयको आवश्यक, समस्या समाधान र त्यसका लागि पाइला नचाल्ने, विचारहिन विचारहरु पस्कने, वैचारिक बहसलाई भन्दा खर्चतिरै ध्यान दिने, सेल्फीमै व्यस्त, आफ्नो प्रचार प्रसार मात्र गर्ने कुरा मात्र खोज्ने हो भने साहित्यिक कार्यक्रम केबल नाम मात्रको हुने छ तथा केही साहित्यिक भनाउँदाहरुको हालिमुहाली र दबदबा मात्र देख्दा र सुन्दा यो कान अपवित्र नहोला भन्न मिल्दैन ।

सिएम रिमाल
हेटौँडा


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*