विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा ४६ जना प्रवेश

२०७६ जेष्ठ २४,शुक्रबार १८:०८

मकवानपुर २४ जेठ । नेपाली काँग्रेसले हेटौँडामा शुक्रबार (आज) आयोजना गरेको जनजागरण अभियान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ४६ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

आज हेटौँडा–१८, गुम्बाडाँडामा भएको राष्ट्रिय जनजागरण अभियानमा नेकपा, राप्रपा लगायतका विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा ४६ जना प्रवेश गरेको हो ।

नेपाली कांग्रेस १ नम्बर क्षेत्रीय सभापति दामोदर खनालको सभाध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा काँग्रेस जिल्लाका पदाधिकारीहरु, पूर्व सभापतिहरु, जिल्ला सदस्यहरु, सल्लाहकारहरु, महासमिति तथा महाधिबेशन प्रतिनिधिहरु, क्षेत्रीय सभापतिहरु, हेटौंडा नगरका पदाधिकारी एवं सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*