प्रधानमन्त्री क्रिकेट प्रतियोगिताको फाइनल भोली हुने

२०७६ जेष्ठ २४,शुक्रबार १४:५९

काठमाडौं २४ जेठ । प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाईनल भोली शनिबार हुने भएको छ । सर्वाधिक पुरस्कार राशि भएको उक्त प्रतियोगिता भोली कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

भोली हुने फाईनल उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । दुवै टोली उपाधि रक्षा गर्ने उद्देश्यका साथ मैदानमा उत्रनेछन् ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजना तथा नेपाल इन्टरनेशनल प्रालीको सहकार्यमा भएको उक्त प्रतियोगिताको विजेता टोलीले रु २० लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछ ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछ भने उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही रु ५० हजार प्राप्त गर्नेछन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*