मनहरीमा सवारी दुर्घटना हुँदा तीन जना घाइते

२०७६ जेष्ठ २४,शुक्रबार १२:०८

मकवानपुर २४ जेठ । मकवगानपुरको मनहरी गाउँपालिका वडा नं. ९ स्थित खरङगामा शुक्रबार (आज) विहान सवारी दुर्घटना भएको छ ।

हेटौंडाबाट नारायणगढतर्फ जादै गरेको ना २ ख ६७३२ नम्बरको ट्रक र नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको एचआर ३८ भि ९४६१ नम्बर को ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

उक्त सवारी दुर्घटनामा परी तीन जना घाइते भएका छन् । घाइते हुनेमा ना २ ख ६७३२ नम्बरका ट्रक चालक हेटौंडा–२ बस्ने ४५ वर्षीय झकेद्र कार्की, भारतीय ट्रक चालक युउपी घर भएका ३५ वर्षीय दुसेन कुमार र ट्रकका सहचालक सोही ठाउँ बस्ने २० वर्षीय सुवास चन्द्र रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते तीनै जनालाई उपचारका लागि भरतपुर पठाईएको र दुवै ट्रक चालकको आवस्था गम्भीर रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*