मकवानपुरमा चट्याङ लागेर पाख्रिन र मोक्तान घाईते

२०७६ जेष्ठ २४,शुक्रबार ०९:१३

मकवानपुर २४ जेठ । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ९ खैराङमा चट्याङका कारण २ जना घाईते भएका छन् ।

चट्याङका कारण खैराङका २१ बर्षीय विनोद पाख्रिन र ३३ बर्षीय बुद्ध मोक्तान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

घाईते भएका पाख्रिनको अवस्था भने गम्भीर रहेको प्रहरीको जानकारी छ । उनीहरु घरमा सुतिरहेको अवस्थामानै चट्याङ लागेको जानकारी छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*