बाघको छालासहित मकवानपुरका गोले पक्राउ

२०७६ जेष्ठ २३,बिहीबार १८:०१
File Photo

मकवानपुर २३ जेठ । जितपुर सिमरा उपमहानगरपालिका–७, स्थित जितपुर बजारबाट एक थान बाघको छालासहित मकवानपुरका एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको बैकैया गाउँपालिका वडा नं. २ बस्ने ३२ वर्षीय सोम बहादुर गोले रहेको छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय बारा, ईलाका प्रहरी कार्यालय सिमरा र ईलाका प्रहरी कार्यालय जितपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।

घटनाको विषयमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*