मनहरी १ का वडा सदस्यद्वारा खेलाडीलाई जर्सी हस्तान्तरण

२०७६ जेष्ठ २३,बिहीबार १५:५५

मकवानपुर २३ जेठ । मकवानपुरको मनहरी गाउँपालिकामा भोली जेठ २४ गतेबाट प्रथम मनहरी अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।

सोही प्रतियोगितामा सहभागी भएको मनहरी गाउँपालिका वडा नम्बर १ को ‘मनहरी युवा क्लब’ को टोलीलाई वडा सदस्य नवराज पौडेलले आज जर्सी सहयोग उपलब्ध गराएका छन् ।

मनहरी वडा नम्बर १ मा तत्कालिन नेपाली काँग्रेसबाट निर्वाचित भएका पौडेलले आज रु २० हजार बराबरको जर्सी सहयोग गरेका हुन् । पौडेलले यसअघि पनि आफ्नो सेवा सुविधा बापत् राज्यबाट प्राप्त भएको रकम विभिन्न सामाजिक क्षेत्रमा लगानी गर्दै आएका छन् ।

पौडेलले आज पत्रकार सम्मेलनमार्फत् जर्सी हस्तान्तरण गरेका हुन् । जर्सी हस्तान्तरण कार्यक्रममा खेलाडी समुहका कोच प्रदिप अधिकारी, टीम म्यानेजर रामकुमार उप्रेती लगायत सहभागि थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*