हेटौँडा लेडी जेसीसद्वारा प्राथमिक विद्यालय चकरीका विद्यार्थीलाई पोशाक तथा स्टेशनरी सामान वितरण

२०७६ जेष्ठ २२,बुधबार १८:२२

मकवानपुर २२ जेठ । हेटौँडा लेडी जेसीसले सप्ताह अन्तरगत मकवानपुरको मनहरी गाउँपालिका वडा २ मा रहेको श्री प्राथमिक विद्यालय चकरीका विद्यार्थीहरुलाई पोशाक तथा स्टेशनरी वितरण गरिएको छ ।

बुधबार हेटौंडा लेडी जेसीज २०१९ की अध्यक्ष जेसी सुष्मा लटौलाको अध्यक्षतामा ७५ जना विद्यार्थीलाई पोशाक एंव स्टेशनरी वितरण गरिएको हो ।

सोही गाउँपालिका वडा १ का अध्यक्ष शिव प्रसाद खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वर्ष निवर्तमान अध्यक्ष अस्मिता श्रेष्ठ, सह—मुल संयोजक सृष्टी गोर्खाली, महासचिव ज्योत्सना भण्डारी एवं सम्पुर्ण हेटौंटा लेडि जेसीजका सदस्यहरूको उपस्थिती रहेको थियो ।

सप्ताह कार्यक्रम अन्तरगत भोली २३ गते स्लो स्कुटी प्रतियोगिता र दिव्य आश्रम रातोमाटेमा भोजन कार्यक्रम रहेको मुल कार्यक्रम संयोजक शुशिला पौडेलले बताईन्, ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*