सहकारीलाई जेसीजको दुई थान कम्प्युटर सहयोग

२०७६ जेष्ठ २१,मंगलवार १८:५०

मकवानपुर २१ जेठ । जेसीआई हेटौंडाले बकैया गाउँपालिका वडा नम्वर ४ स्थित जनछहारी स्वालम्बन बचत तथा ऋण सहकारीलाई मंगलबार दुई थान कम्प्युटर सहयोग गरेको छ ।

जेसीआई हेटौंडाका सदस्य रविन श्रीवास्तवको सम्झनामा करिव ६० हजार रुपैयाँ बराबरको दुई थान कम्प्युटर सहकारीलाई हस्तान्तरण गरिएको हो ।

जेसीआई हेटांैडाका अध्यक्ष सन्देश डिसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सांसद प्रेमबहादुर पुलामी ‘छिन्तु’ को प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका पुलामी ‘छिन्तु’ ले अन्तर्राष्ट्रिय सञ्जालमा सामाजिक कार्य गर्ने जेसीज संस्थाले सहकारी संस्थालाई गरेको मद्दतले संस्थाको हिसाव किताब राख्न, प्रविधि मैत्री बन्नमा टेवा पुग्नेमा जोड दिए ।

गरिबी निवारण तथा गाउँघरमा कृषि तथा अन्य साना व्यवसाय प्रवद्र्धन गर्नका लागि सहकारीको भूमिका महत्त्वपूर्ण हुने हुँदा सहकारीलाई अझ सशक्त बनाउने उद्देश्यले कम्प्यूटर सहयोग गरेको जेसीआई हेटाँैडाका कार्यकारिणी उपाध्यक्ष दिपेश जोशीले बताए ।

सहकारीको हिसाब किताब राख्न र सफ्टवेयरको तालिमसँगै सहकारीलाई दिगो बनाउनको निम्ति आफूले सक्दो सहयोग गर्ने अध्यक्ष डिसीले बताए ।

कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, सहकारीका अध्यक्ष सिंहवीर घलान, कार्यक्रम संयोजक प्रदिप अर्याललगायत जेसीआई हेटौंडाका सदस्यहरुको उपस्थिति रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*