बकैयामा चट्याङ पर्दा एक घर जलेर नष्ट

२०७६ जेष्ठ १६,बिहीबार १९:३९

मकवानपुर १६ जेठ । मकवानपुरको बकैया गाउँपालिकामा विहिबार साँझ परेको चट्याङबाट एक घर जलेर नष्ट छ ।

चट्याङ पर्दा बकैया गाउँपालिका वडा नम्बर ९ च्याउँच्याउँका सन्तबहादुर भोलनको दुईतल्ले काठको घर जलेर नष्ट भएको हो ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार ४ लाख रुपैँया बराबरको क्षति भएको छ ।

चट्याङका कारण सो क्षेत्रमा मानविय क्षति हुनुका साथै पशुचौपायाको मृत्यु र धनमाल समेत नष्ट हुने गरेकाले स्थानीयहरु चिन्तित बनेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*