विश्वकप आजदेखि सुरु

२०७६ जेष्ठ १६,बिहीबार १३:२८

आईसीसी एकदिवसीय विश्वकपको १२ औं संस्करण आजदेखि इङ्ल्यान्डमा सुरु हुँदैछ । लन्डनस्थित दी ओभल क्रिकेट स्टेडियममा बिहिबार साँझ भब्य उद्घाटनसँगै सुरु हुने खेलमा आयोजक इङ्ल्यान्ड र दक्षिण अफ्रिका भिड्दैछन् ।

इङ्ल्यान्डले यसपटक विश्वकप उपाधि घरमै राख्ने योजना सहित बलियो तयारी गरेको छ । हालसम्म विश्वकपको स्वाद चाख्न नपाएको इङ्ल्यान्ड यसपटकको दावेदार टोली हो ।

यसैगरी सँधै अगाडी बन्दै आएको दक्षिण अफ्रिका पनि यसपटक पुरानो गल्ती सच्याउने अभियानमा छ । दक्षिण अफ्रिका चारपटक सेमिफाइनलबाट बाहिरिएको थियो ।

जुलाई १४ तारिखसम्म सञ्चालन हुने विश्वकपका खेलहरु इङ्ल्यान्ड र वेल्समा खेलिनेछ ।

विश्वकपमा आयोजक इङल्यान्डसहित भारत, पाकिस्तान, अस्ट्रेलिया, श्रीलंका, पाकिस्तान, दक्षिण अफ्रीका, वेस्ट इन्डिज, बंगलादेश र अफगानिस्तान गरि १० टोली सहभागी छन् । सहभागी सबै टोलीेले लिग चरणमा एकअर्कासँग एक–एक खेल खेल्नेछन् ।

त्यसपछि उत्कृष्ट चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सबै टोलीले एक अर्काविरुद्ध खेल्दा एउटा टोलीले नौ खेल खेल्नेछन् । समग्रमा सबै टोलीले ४५ खेल खेल्नेछन् । सेमिफाइनल दुई र फाइनल एक गरी कूल ४८ खेल हुनेछ

विश्वकपको विजेता टोलीले चार मिलियन अमेरिकी डलर (करिव ४५ करोड रुपैयाँ) पुरस्कार पाउनेछ । यो हालसम्मकै सर्वाधिक पुरस्कार राशी हो । उपविजेताले दुई मिलियन अमेरिकी डलर (करिव २२ करोड ४६ लाख रुपैयाँ) पुरस्कार प्राप्त गर्नेछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*