पर्वताआरोहीले गरे मकवानपुरका तीन विद्यालय भवन निर्माण

२०७६ जेष्ठ १६,बिहीबार ११:४४

मकवानपुर १६ जेठ । सगरमाथा आरोहण गरी भुकम्प प्रभावित मकवानपुरको तीन विद्यालयका लागि भवन निर्माण गरिएको छ ।

पूर्वी मकवानपुरको बकैया गाउँपालिका–९, भैरुङ दोभानस्थित ज्ञानोदय आधारभूत बिद्यालय, सोही गाउँपालिका–१०, मन्थलीको सरस्वती आधारभूत बिद्यालय र वडा नम्बर ११ ठिंगनको लालकिरण आधारभूत विद्यालयलाई दुई–दुई कोठे भवन निर्माण गरिएको हो ।

बेलायतका पर्वतारोही रोरी म्याकहुज र बर्नी एङ्गोलाले भवन अभाव झेलिरहेको मकवानपुरको तीन विद्यालयमा भवन निर्माण गरी सहयोग गरेका हुन् ।

मकवानुरको बकैया गाउँपालिका ९, भैरुङ दोभानस्थित ज्ञानोदय आधारभूत बिद्यालयमा निर्मित भवनलाई बुधबार हस्तान्तरणसमेत गरिएको छ । १६ लाख रुपैंयामा निर्मित पक्की भवनको बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल र पर्वतारोही म्याकहुज र एङ्गोलाले संयुक्त रुपमा उद्घाटन समेत गरे ।

विद्यालयमा ६३ जना बालबालिका अध्ययनरत रहेका छन् भने उनीहरु सबै तामाङ समुदायका हुन् ।

विद्यालयमा संस्थाले शौचालय, डेक्स–बेञ्च निर्माण र प्रारम्भीक बालबिकास केन्द्रका लागि सामग्री गरी थप ७ लाख ५० हजार रुपैंया समेत सहयोग गरेको छ ।

भवन निर्माण भएका सरस्वती आधारभूत बिद्यालय र लालकिरण आधारभूत बिद्यालयको भवन पनि बिहीबार र शुक्रबार हस्तान्तरण गरिने कार्यक्रम रहेको व्यवस्थापक लामाले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*