बकैया दुर्घटना अपडेट : मृत्यु हुनेको सनाखत

२०७६ जेष्ठ १४,मंगलवार १८:२५

मकवानपुर १४ जेठ । मकवानपुरको बकैया गाउँपालिकामा पानी ट्याङ्की दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत समेत भईसकेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा सप्तरी जिल्ला कञ्चनपुर गाउँपालिका वडा नम्बर ९ घर भएका बर्ष १९ का दिलिप कुमार सदा रहेका छन् ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ना १ ख ८७९९ नम्बरको पानी ट्याङ्की बोक्ने सवारी पल्टिँदा चालक सदाको मृत्यु भएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*