मकवानपुर प्रहरीले जलायो ६ सय ७५ केजी लागूऔषध गाँजा

२०७६ जेष्ठ १४,मंगलवार १४:०५

मकवानपुर १४ जेठ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले आज मंगलबार विभिन्न समयमा बरामद भएको ६ सय ७५ किलो ७ सय २१ ग्राम लागूऔषध गाँजा जलाएर नष्ट गरेको छ ।

प्रहरीले मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित किसेडी राकश खोलामा लगी गाँजा नष्ट गरेको हो ।

त्यसैगरी लागूऔषध नाइट्रोभेट १ सय २२, सिमप्लेक्स,५४ ट्वाब्लेट्स र ओलेरेक्स २ बोलत समेत जलाएर नष्ट गरेको हो ।

लागू औषध नष्ट गर्दै मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले मकवानपुरलाई लागू औषध मूक्त जिल्लाको रुपमा स्थापना गर्ने लक्ष्य लिएको बताए ।

सो स्थानमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने, भीमफेदी गाउँपालिका १ का अध्यक्ष स्यामकुमार बल लगायत मकवानपुरका सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुहोस्

वडासदस्य थापा गाँजासहित बुद्धचोकबाट पक्राउ

तस्करको नयाँ–नयाँ चाल, दानाको बोराले थिचेर गाँजा ओसारपसार

पर्साबाट २ सय ८८ किलो गाँजा र चरेस बरामद

६ किलो गाँजासहित मकवानपुरका मोक्तान पक्राउ

गाँजा बेच्नै पर्दैन, विदेशीलाई सुघाँएरै पैसा कमाइन्छः सांसद स्थापित

एम्बुलेन्समा गाँजा बोक्ने तस्कर हेटौंडाबाट चप्पल फुकालेर भागेपछि…


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*