अपडेट : विद्युत प्राधिकरणको लापरबाहीले २ जनाको ज्यान भएको भन्दै स्थानीयले गरे राजमार्ग अबरुद्ध

२०७६ जेष्ठ १३,सोमबार २०:१७

मकवानपुर १३ जेठ । मदन भण्डारी राजमार्ग स्थानीयले अवरुद्ध पारेका छन् ।

राजमार्ग अन्तरगतको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ डुमारेमा आज स्थानीयहरुले प्रदर्शन गरिरहेका छन् ।

विद्युत प्राधिकरणको लापरबाहीले २ जनाको ज्यान गएको भन्दै डुमारेस्थित इलाका प्रहरी कार्यालय अगाडि राजमार्गमा स्थानीयले प्रर्दशन गरिरहेको स्थानीय सन्तोष बानियाँले तु खबरलाई जानकारी दिए ।

उनका अनुसार केहीदिन अघि डुमारेस्थित राजमार्गको पोल ढलेपछि विद्युत प्राधिकरणले बनाउने जिम्मा लिएको थियो । प्राधिकरणले लापरवाही गर्दै पोल बनाउन ढिला गरेपछि आज अप्रिय घटना घटेको स्थानीयहरुको भनाई छ ।

आज डुमारेमा ट्रकले पोलमा छोएपछि विद्युत सर्ट भएको थियो । जसबाट ट्रकमा सवार सिन्धुली घर भएका २८ वर्षीय विरबहादुर मगर र नुवाकोटका ३५ वर्षीय विशाल तामाङको मृत्यु भएको थियो ।
करेन्ट लागेर दुई जना घाइते भएका भएका थिए । घाइते हुनेहरुमा सिन्धुलीका २५ वर्षीय गोपाल रमौली र दाङका ४५ वर्षीय महेश बस्नेत ढकाल रहेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*