हेटौँडाको सैैलुङ एजुकेशनले विद्यार्थी ठग्दै, जापान पठाउँदै

२०७६ जेष्ठ १३,सोमबार १९:५१

मकवानपुर १३ जेठ । हेटौँडामा संचालित सैलुङ एजुकेशन कन्सल्टेन्सी प्रा.लिले जापान पठाउने नाममा विद्यार्थी ठग्ने गरेको पाइएको छ । विद्यार्थीसंग जापान पठाउने नाममा चरम शुल्क असुल्न थालेपछि विद्यार्थीहरुले गुनासो गरिरहेका छन् ।

कन्सलटेन्सीले ४ वटा इन्टेकमा जापान पठाउने गरेको छ । शैक्षिक परामर्श तथा भाषा शिक्षणको संस्थाको रुपमा दर्ता भएको कन्सल्टेन्सीले विद्यार्थीहरुसंग एक जनालाई जापान पठाएबापत रु २ लाखसम्म सेवा शुल्क लिने गरेको विद्यार्थीको गुनासो छ ।

कन्सल्टेन्सीमा जापानिज भाषा पढेर जापान गएका एक विद्यार्थीले आफ्नो नाम नबताउने सर्तमा तु खबरसंग भने ‘ मैले ६ महिना भाषा पढेबापत रु १५ हजार तिरेँ ।, न्याट टेस्टको पैसा पनि आफैंले तिरेँ, सहकारीबाट डकुमेन्ट बनाउने शुल्क पनि आफैँले तिरेँ । तर, जापानको भिसा लागेपछि मसंग रु २ लाख सेवा शुल्क भनेर कन्सल्टेन्सीले लिएको छ ।’

शैक्षिक परामर्श केन्द्रको रुपमा दर्ता भएको संस्थाले प्रतिव्यक्ति जापान पठाएबापत रु २ लाखसम्म पैसा असुल्ने गरेको पाइएपछि यो रहस्य बाहिर आएको हो ।

कन्सल्टेन्सीका संचालक लिला कुमार घलानले जापान पठाउनको लागि विद्यार्थीहरुको फेक डकुमेन्ट सहकारीबाट बनाउने गरेको पनि स्रोतले दाबी गरेको छ । उनले हेटौँडाको नमस्ते मकवानपुर सहकारी संस्थाबाट विद्यार्थीको फेक बैंक स्टेटमेन्ट बनाउने गरेका छन् ।

स्रोतको जानकारी अनुसार उनले सहकारीबाट फेक डकुमेन्ट बनाउँदासमेत प्रतिव्यक्ति विद्यार्थीसंग रु ५ देखि ७ हजारसम्म कमिशन लिने गरेका छन् । संचालक घलान मानिस हेरेर शुल्क लिन माहिर मानिन्छन् ।

त्यसो त घलानले जापान पठाउने काम आफैं गर्दैनन् । उनले काठमाडौँका रुपक तामाङ्संग सहकार्य गर्छन् । रुपक तामाङ्ले सैलुङ्बाट पठाइएको डकुमेन्ट संकलन गर्छन् र जापान अप्लाई गरिदिन्छन् ।

घलान काठमाडौँबाट काम मिलाइदिने तामाङ्को विश्वासमा फसेका छन् । यतीसम्म की उनलाई रुपक तामाङ्को काठमाडौँमा भएको कन्सल्टेन्सीको नामसमेत थाहा छैन ।
तु खबरले रुपक तामाङ्संग फोन सम्पर्क गर्न खोज्दा उनले प्रतिक्रिया दिन चाहेनन् ।

स्रोतका अनुसार घलानले रुपक तामाङ्मार्फत जापान पठाउने गरेको विद्यार्थीहरुको सक्कली कागजपत्र समेत पटक–पटक हराइसकेका छन् । विद्यार्थीले मेरो कागजपत्र खोइ ? भनेर प्रश्न गर्दा उनले कुरियरमा हराएको भन्दै आलटाल गर्दै आएको विद्यार्थीको गुनासो छ ।

उनका विषयमा भाषा अध्यापन गराउने शिक्षकहरुले पनि गुनासो गरेका छन् । आफुहरुलाई जापानको भाषा शिक्षण गर्न लगाउने अनि तलब दिन महिनौं झुलाउने गरेको भाषा शिक्षकहरुको दुखेसो छ ।

उनले राजनीतिमा सक्रिय छन् । विभिन्न संघसंस्थामा आबद्ध पनि छन् । कन्सल्टेन्सीमा जिम्मेवार भएर विद्यार्थीका काजगपत्र सुरक्षित राख्ने कर्मचारीसमेत छैनन् । उनले धेरै पटक कागजपत्र हराउने गरेको विद्याथीको दाबी छ ।

तु खबरले शिक्षा समितिका संयोजक लिला गौतमलाई यसबारे जिज्ञासा राख्दा उनले शिक्षा निर्देशिका अनुसार कन्सल्टेन्सीको छिट्टै अनुगमन गरी आवश्यक कारबाही अघि बढाउने बताएका छन् । उनले अनुगमनमा त्यस्तो फेला परे तत्काल कारबाही हुने विश्वास दिलाए ।

बोर्डमा क्यानडा र अष्ट्रेलिया, काम शून्य
सैलुङ कन्सल्टेन्सी प्रालिले आफ्नो कार्यालय राखेको स्थानमा ठूलो बोर्ड झुण्ड्याएको छ । बोर्डमा प्रष्ट लेखिएको छ ‘स्टडी इन जापान, अष्ट्रेलिया, क्यानडा’ ।

हेटौँडा १० बुद्धचोकमा रहेको सैलुङ कन्सल्टेन्सीले ब्यानरमा समेत झुठो जानकारी दिएर विद्यार्थीलाई अर्कै किसिमले ठग्ने वातावरण सिर्जना गरेको देखिन्छ ।

कन्सल्टेन्सीले ठगी गरेर विद्यार्थीलाई जापान पठाएपनि बोर्डमा लेखिएजस्तो अष्ट्रेलिया र क्यानडाको लागि कुनै प्रक्रिया अघि बढाएको पाईँदैन । बोर्डमा अष्ट्रेलिया र क्यानडामा पढ्नको लागि पठाइने प्रष्ट लेखिएको छ तर हालसम्म कोही विद्यार्थीले आवेदन नदिएको स्रोतले बताएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*