बन्दको प्रभाव पश्चिम मकवानपुरको मनहरीमा पनि, जनजीवन प्रभाबित

२०७६ जेष्ठ १३,सोमबार १८:०४

मकवानपुर १३ जेठ । विप्लप नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव पश्चिम मकवानपुरको मनहरी गाउँपालिका तथा हेटौँडा लगायतका विभिन्न स्थानको जनजीवन प्रभाबित भएको छ ।

बन्दका कारण मनहरीका विभिन्न सामुदायिक विद्यालय, निजी विद्यालय, विभिन्न कार्यलय तथा ब्यापारिक क्रियाकलापमासमेत प्रभाव परेको छ ।

त्यसै गरी विद्यालय सञ्चालन हुने आशामा केही विद्यार्थीहरु विद्यालय पोसाकमा सजिएर गाडीको प्रतिक्षा गरे पनि बन्दको प्रभाव स्वरुप विद्यालयका गाडी तथा अन्य सवारी साधानहरु सञ्चालनमा नआएपछि ति विद्यार्थिहरु घर फर्कनु बाहेक अरु बिकल्प थिएन ।

स्थानीय रुट तथा लामो रुटमा सञ्चालन हुने सवारी साधानहरु पनि बिहानै देखी आ–आफ्नो पार्किङ स्थलमा पार्क गरेर राखेपछि यात्रुहरु मारमा परेका थिए । कैलास तथा राक्सीराङ गाउँपालिकाका विभिन्न स्थानबाट अत्यावश्यक काम लिएर मनहरी बजार आइपुगेका केही ब्यक्तिहरु झन् मारमा परे ।

गाडी तथा पसलहरु बन्द भएपछि मनहरी बजार आज सुनसान रह्यो । बन्दको प्रभाप पुन : रुपमा परे पनि पश्चिम मकावानपुरको मनहरी क्षेत्रमा कुनै अप्रिया घटना भने नघटेको ईलाका प्रहरी कार्यलय मनहरीका प्रहरी प्रमुख बिरेन्द्र पनेरुले जानकारी दिए ।

मनहरीको आसपासमा बन्दको समयमा बन्द गराउदै हिड्ने कुनै पनि ब्यक्ति सडक तथा अन्य क्षेत्रमा प्रत्येक्षरुपमा नदेखे पनि बजार तथा सवारी साधान भने पुर्णरुपमा बन्द भएको प्रहरी प्रमुख पनेरुले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*