प्रदेश प्रमुख कोईरालाद्वारा २ वटा विधयेक प्रमाणिकरण

२०७६ जेष्ठ १३,सोमबार १७:४६

मकवानपुर १३ जेठ । प्रदेश नम्बर ३ को प्रदेश प्रमुख अनुराधा कोईरालाले नेपालको संविधानको धारा २०१ को उपधारा २ को अधिकार प्रयोग गरी प्रदेश सभाबाट पारित भई आएको २ वटा विधयेकमा आज प्रमाणिकरण गरेकी छिन् ।

उनले प्रमाणिकरण गरेको विधेयकमा प्रदेशमा बालबालिकाको अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक २०७६ र प्रदेशमा सहकारी संस्थाको व्यवस्था गर्न बनेको विद्येयक २०७६ रहेको प्रदेश प्रमुख सचिवालयका सूचना अधिकृत राजेश तामाङले बताए ।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*