प्रदेश २ को प्रदेशसभा बैठक स्थगित

२०७६ जेष्ठ १३,सोमबार १७:२२

जनकपुरधाम १३ जेठ । प्रदेश नं. २ को प्रदेशसभा बैठक स्थगित भएको छ ।

सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आह्वान गरेको बन्दका कारण स्थगित भएको हो ।

प्रदेशसभाको अर्को बैठक अब भोलि (मंगलबार) दिउँसो २ बजेका लागि निर्धारण गरिएको प्रदेशसभा सचिवालयका सचिवले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*