अपडेट : करेन्ट लागेर मगर र तामाङको मृत्यु

२०७६ जेष्ठ १३,सोमबार १६:३७

मकवानपुर १३ जेठ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ स्थित कोगटेमा करेन्ट लागेर मृत्यु हुनेको सनाखत भएको छ । मृत्यु हुनेहरुमा सिन्धुलीका २८ वर्षीय विरबहादुर मगर र नुवाकोटका ३५ वर्षीय विशाल तामाङ रहेका छन् ।

करेन्ट लागेर दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा सिन्धुलीका २५ वर्षीय गोपाल रमौली र दाङका ४५ वर्षीय महेश बस्नेत ढकाल रहेका छन् । घाइते रमौली र ढकाललाई उपचारको लागि काठमाडौं पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त गाउँपालिकास्थित कोगटेमा सोमबार बागमती हाइड्रोपावरका लागि विद्युतीय सामाग्री बोकेर आयोजनास्थलतर्फ जाँदै गरेको ना ४ ख ९३२६ नम्बरको ट्रकले हाइटेन्सनलाईमा छोएपछि विद्युत सर्ट भई करेन्ट लागेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*