समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत सचेतना मूलक कार्यक्रम सम्पन्न

२०७६ जेष्ठ १३,सोमबार १५:५३

सर्लाही, १३ जेठ । हरिवन नगरपालिका–९, सुके पोखरीस्थित चतुर्भुजेश्वर महादेव मन्दिरको प्राङ्गणमा “लागूऔषध बिरुद्धको युवा सचेतना अभियान” कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

हरिवन नगरपालिकाका नगर प्रमुख तथा समुदाय–प्रहरी हरिवन नगरपालिकाका संयोजक गणेश प्रसाद प्रसाईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समुदाय–प्रहरी हरिवन नगर समितिको आयोजना तथा जिल्ला प्रहरी कार्यालय सर्लाहीको सहकार्यमा भएको हो ।

उक्त सचेतना कार्यक्रममा लागूऔषध तथा विद्यमान ऐन कानुनमा भएको ब्यवस्था, लागूऔषधबाट पर्ने असरहरु, किशोर अवस्थामा हिंसा हुनबाट बच्ने उपायबारे जानकारी गराउनुका साथै अन्तरक्रियात्मक कक्षा संचालन गरेका थिए ।

कार्यक्रममा स्थानीय निकायका जन प्रतिनिधिहरु, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरू, बिभिन्न संघसंस्थाका प्रतिनिधिहरू, स्थानीय विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी तथा स्थानीय युवाहरुको सहभागिता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*