मकवानपुरको बागमतीमा करेन्ट लागेर २ जनाको मृत्यु, २ जना घाईते

२०७६ जेष्ठ १३,सोमबार १५:०९

मकवानपुर १३ जेठ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ स्थित गाउँमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । गाउँपालिकास्थित कोगटेमा बागमती हाइड्रोपावरका लागि विद्युतीय सामाग्री बोकेर आयोजनास्थलतर्फ जाँदै गरेको ना ४ ख ९३२६ नम्बरको ट्रकले हाइटेन्सनलाईमा छोएपछि विद्युत सर्ट भई करेन्ट लागेको थियो ।

करेन्ट सर्ट भएपछि ट्रकमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले तु खबरलाई दिएको जानकारी अनुसार घाइतेहरुलाई उपचारको लागि काठमाडौं पठाईएको छ ।

मृत्यु हुनेको पहिचान भने हालसम्म खुल्न सकेको छैन । प्रहरी घटनास्थलमा पुगेको छ । घटनाबारे थप विवरण आउनबाँकी छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*