नेकपा रुपन्देहीका जिल्ला सचिव जिसीसहित १७३ जनाले लिए सपथ

२०७६ जेष्ठ १३,सोमबार १४:१५

बुटवल १३ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देहीका जिल्ला सचिव निर्मल जिसीसहित १७३ जनाले सपथ ग्रहण गरेका छन् ।

सोमबार बुटवलमा एक समारोहमा नेकपा महासचिव विष्णु पौडेलले जिल्ला सचिव जिसीसहित १७३ जनालाई सपथ गराएका हुन् ।

जिल्ला अध्यक्ष शिव सुवेदीले यसअघि नै सपथ लिइसकेका थिए । नेकपा रुपन्देहीका जिल्ला कमिटी १ सय ७५ सदस्यीय छ । जसमध्ये १ सिट खाली राखिएको छ ।

पूर्वएमालेबाट १०५ र पूर्व माओवादीबाट ७० गरी कुल १ सय ७५ जनाको जिल्ला कमिटि रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*