आर्थिक वर्षको बजेट यही जेठ १५ गते प्रस्तुत हुने

२०७६ जेष्ठ १३,सोमबार १३:४६
प्रतिनिधिसभाको बैठक प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सांसदहरु । तस्वीर : रोशन सापकोटा, रासस

काठमाडौं १३ जेठ । आर्थिक वर्ष २०७६/०७७ को बजेट यही जेठ १५ गते अपरान्ह ४ बजे संसदमा प्रस्तुत हुने भएको छ ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट जेठ १५ गते अपरान्ह ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा पेश गर्ने जानकारी गराएका हुन् ।

त्यसका लागि प्रतिनिधिसभाका सांसदलाई अपरान्ह ३ः४५ बजेभित्र सभाहलमा प्रवेश गरी आआफ्ना स्थानमा बस्नसमेत आग्रह सभामुख महराले आग्रह गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*